दाङस्थित राप्ती नदीमा बस दुर्घटना (अपडेट) – मृतकको संख्या १२ पुग्यो

  • २०८० पौष २८, शनिबार (६ महिना अघि)
  • २०३ पटक पढिएको
दाङस्थित राप्ती नदीमा बस दुर्घटना (अपडेट) – मृतकको संख्या १२ पुग्यो

काठमाडौं– दाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख ३९१२ नम्बरको यात्रुवाहक बस शुक्रबार करिव राति साढे १० बजेतिर पुलबाट एक्कासि नदीमा खस्दा बाह्र जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

Advertisement

दुर्घटनामा परि ज्यान गुमाएकाहरुमध्ये आठ जनाको सनाखत भएको छ । बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ का ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्ष ४० का मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामवरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको मृत्यु भएको हो । अन्य चार जना मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर भालुवाङ अस्पतालमा उपचार भैरहेको छ । केही घाइतेहरुको थप उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । दुर्घटनापछि प्रहरी तथा स्थानीयहरु उद्धारमा खटिरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट