अमेरिकी युट्युबर मिस्टर बिस्टले ‘एक्स’ मा राखेको एउटै भिडियोबाट ३ करोड रुपैयाँभन्दा धेरै कमाए

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • ३०१ पटक पढिएको
अमेरिकी युट्युबर मिस्टर बिस्टले ‘एक्स’ मा राखेको एउटै भिडियोबाट ३ करोड रुपैयाँभन्दा धेरै कमाए

एजेन्सी– मिस्टर बिस्ट्को नामले चिनिने चर्चित अमेरिकी युट्युबर जिम्मी डोनाल्डसनले सामाजिक सञ्जाल ‘एक्स’ मा राखेको भिडियोबाट २ लाख ५० हजार डलर अर्थात् ३ करोड ३२ लाख रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् ।

Advertisement

उनले १ हप्ताअघि राखेको भिडियोलाई १६ करोडभन्दा बढी पटक हेरिएको छ । बिस्ट्ले ४ महिनाअघि नै युट्युबमा राखेको भिडियो फेरि ‘एक्स’ मा राखेका थिए । युट्युबमा यो भिडियोमा २१ करोड ५० लाखभन्दा बढी ‘भ्युज’ छ । एक्सले प्रयोगकर्ताहरूलाई उनीहरूले राखेको सामग्रीमा देखिने विज्ञापनको आधारमा विज्ञापनबाट हुने आम्दानी दिँदै आएको छ ।

सन् २०२२ को नोभेम्बरमा अमेरिकी व्यावसायिक पत्रिका ‘फोर्ब्स’ ले बिस्ट्ले युट्युब च्यानलबाट १ वर्षमा ५४ मिलियन डलर कमाएको अनुमान गरेको छ ।

यसैबीच युट्युबर बिस्ट्ले यो भिडियोबाट भएको आम्दानी १० जनालाई बाँड्ने घोषणा गरेका छन् । उनले यो पोस्ट रिपोस्ट गरेर आफूलाई फलो गर्नेमध्ये १० जनालाई २५ हजार डलरका दरले बाँड्ने बताएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट