काठमाडौं– सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।
सिन्धुलीको गोलोन्जोर गाउँपालिका–७ खुर्कोट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर काठमाडौं बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार उनले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् ।
उनको खोजी कार्य भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप