





























काठमाडौं– देशका मुख्य ठूला नदीमा आज र भोलि बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि कोशी, नारायणी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीमा जलसतह सतर्कता तह आसपास नै हुनेछ ।


महाशाखाले बुलेटिन निकालेर यी क्षेत्रको नदी तटीय क्षेत्रमा दुई दिनसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने जनाएको छ ।
यस्तै झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, कास्की, अर्घाखाँची, पर्वत, स्याङजा, पाल्पा, गुल्मी, सल्यान, रोल्पा, प्यूठान, म्याग्दी, बाग्लुङ्ग, पर्सा, चितवन, नवलपरासी, कपिलबस्तु, रुपन्देही, सुर्खेत, अछाम, दैलेख, बाजुरा, जाजरकोट, बैतडी, बझाङ र आसपासका जिल्ला भएर बग्ने धेरैजसो नदीमा आकस्मिक बहावको जोखिम छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
