काठमाडौं- सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइ रहेको छ । सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ रहेको थियो । त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी सुनको मुल्य घटे पनि चाँदीको मूल्य भने वृद्धि भएको छ । आज एक तोला चाँदी १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ पुगेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप