हिड्दा हिडदै ढलेका नेपालीको मृत्यु, ‘लु’ लागेको आशंका

  • २०८२ जेष्ठ २८, बुधबार (४ दिन अघि)
  • १२८ पटक पढिएको
हिड्दा हिडदै ढलेका नेपालीको मृत्यु, ‘लु’ लागेको आशंका

काठमाडौं– उदयपुरको त्रियुगा नगरपालिका–२, खैजनपुरका ४५ वर्षीय विर्खबहादुर सार्की नेपालीको बुधबार मृत्यु भएको छ । गर्मीका कारण ढलेका नेपालीको ज्यान गएको हो ।

Advertisement

उदयपुरमा तापक्रम ४० डिग्री सेल्सियस पुग्दा जनजीवन कष्टकर बनेको छ । बाटोमा हिड्दै गर्दा ढलेका उनको मृत्यु भएको हो। उच्च गर्मीका कारण ‘लु’ हिट स्ट्रोकका कारण ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । स्थानीयका अनुसार, दिउँसो करिब १ः३० बजे बजारबाट घर फर्कंदै गरेका सार्की बाटोमै एक्कासि ढलेका थिए। स्थानीयले तत्काल उद्धार गर्न खोज्दा उनको मृत्यु भइसकेको थियो।

मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने भएकाले प्रहरीले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी गरेको छ। स्थानीयका अनुसार मृतकले मादक पदार्थ सेवन गरेका थिएनन्। जसकारण गर्मीकै कारण बेहोस भएर उनको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ।

पछिल्लो एक सातादेखि उदयपुरमा गर्मी निरन्तर बढिरहेको छ। साताअघि भएको वर्षापछि एक्कासि बढेको तापक्रम ४० डिग्रीसम्म पुगेको छ । दिउँसोको समयमा पनि बजार र सडक सुनसान हुन थालेका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट