काठमाडौँ– फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । डाक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको हो ।
सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्टाटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।
डाक्टर श्रेष्ठ पूर्वी नवलपरासीस्थित गैँडाकोटका हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ । उनले सामाजिक सञ्जालमा रामेछापमा बस्दा काम गर्न अप्ठेरो पारिएको भन्दै केही व्यक्तिहरूलाई आरोप लगाएर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको समेत खुलाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप