अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुल्यो

  • २०८२ अषाढ २२, आईतबार (२ दिन अघि)
  • १२२ पटक पढिएको
अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुल्यो

काठामाडौं– अवरुद्ध नाला–भक्तपुर सडकखण्ड यातायात सञ्चालनमा ल्याइएको छ ।

काभ्रेको बनेपा नगरपालिका– ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि अवरुद्ध बनेको सडक खण्डमा गएराति ६ वटा ठुल्ठुला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वय र स्थानीयको सहयोगमा पुल सञ्चालनमा ल्याइएको स्थानीय हरि चन्द्र रंजितकारले जानकारी दिए ।

नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट