कक्षा १२को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

  • २०८२ श्रावण १९, सोमबार (१९ घण्टा अघि)
  • १०० पटक पढिएको
कक्षा १२को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं– कक्षा १२को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ५ लाख ११ हजार ५२५ जनाले परिक्षा दिएका थिए । जसमा १३ हजार ५०२ जनाले ए प्लस ग्रेड ल्याएका छ्न् । ५५ हजार ८९५ जनाले ए ग्रेड ल्याएका छन्  । ग्रेड वृद्धिका लागि परिक्षा आगामी भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ ।

१२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा  neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा हेर्न सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा बारे जानकारी लिन सकिन्छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट