चेपाङ समुदायसँग छलफल गर्न रेडियोकर्मी पुगे धादिङको दुर्गम चेपाङ गाउँ बुङपुङ

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • २५५ पटक पढिएको
चेपाङ समुदायसँग छलफल गर्न रेडियोकर्मी पुगे धादिङको दुर्गम चेपाङ गाउँ बुङपुङ

काठमाडौं– चेपाङ समुदायको समस्या तथा सवालका विषयमा छलफल गर्न रेडियोकर्मीहरु दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ को दुर्गम चेपाङ गाउँ बुङपुङ पुगेका छन् ।

Advertisement

विश्व रेडियो दिवस एवम् अन्तर्राष्ट्रिय भाषा दशकको अवसरमा भाषा संकृतिको संरक्षणमा सामुदायिक रेडियो विषयक परिसंवाद गर्न रेडियोकर्मीहरु चेपाङ गाउँ पुगेका हुन् ।

धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज र बेनीघाट रोराङ गाउँपालिकाको आयोजना तथा जिल्लाका रेडियोहरुको सहकार्यमा आयोजित छलफल कार्यक्रममा धादिङ लगायत देशका विभिन्न ठाउँका रेडियोकर्मीहरु चेपाङ समुदायको भाषा, कला, संस्कृति तथा परम्परासँगै समस्या तथा सवालका विषयमा छलफल गर्न चेपाङ गाउँ पुगेका हुन् ।


रेडियोले समुदायको समस्या तथा सवाल उठ्ठान गरी समाधान गर्न सरोकारवाला निकायलाई झक्झकाउदै आएको डाक्टर नवराज लम्सालले बताए । आम नागरिकलाई सूचनाको हक प्रत्याभूत गर्न धादिङ जिल्लामा रेडियो स्थापना गर्दाका पलहरु स्मरण गर्दै जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङको कलसाइन लेखेकोमा खुषी अनि गौरव व्यक्त गरे ।
‘त्यतिबेला रेडियो धादिङको कलसाइन साथीभाइको आग्रहले लेखेँ होला तर अहिले त्यो कलसाइन लेखेकोमा खुषी अनि गौरव छ । जुन रेडियोले विभिन्न समुदायको समस्या तथा सवाल उठाउदै आएको छ । जिल्लामा लोकप्रिय बनेको छ’ उनले भने– ‘यसरी समुदायमा पुगेर श्रोतालाई आफ्नै रेडियो र रेडियोप्रति आफ्नोपन दिएको छ । आज चेपाङ समुदायमा यसरी जमघट हुने अवसर पनि रेडियोले नै दिएको छ । स्लोगन जस्तै सधैं समुदायको लागि समुदायको आवाज बन्न सकोस् । भाषा, कला संस्कृतिमा रेडियोले अझै भूमिका खेल्न सकोस्, विश्व रेडियो दिवसको शुभकामना ।’

त्यस्तै, उनले छोरीहरुलाई सभ्यताको मूर्तिको संज्ञा दिदै छोराछोरीलाई पढाइदिन जोड दिए । आफुले पढाइकै लागि गाउँ छाडेर राजधानी छिरेकै कारण डाक्टर नवराज लम्साल बनेको बताउदै समुदायको भाषा, कला संस्कृति परम्परा त छदैछ । यि सबै चिज जोगाउन र चिनाउन पहिले हामीले अध्ययन गर्नुपर्ने बताए ।

‘म बाल्यकाल हुदाँ कि पढाई छाड्नु पथ्र्याे कि गाउँ । मैले गाउँ छोडेँ पढाई छोडिन र म डाक्टर नवराज लम्साल भएँ । आफ्नो जीवन रेडियोकर्मी बनेर विताए । तपाईहरुको यो माया र साथ पाएको छु । छोरा फलान हुन् बाहिर नदीमा फालिएपनि किनारामा फलामै रहन्छन् । छोरीहरु सभ्यताका मूर्ति हुन् । संरक्षण गर्दिनुस्, बालबालिकालाई पढाईदिनुस् यो मेरो अनुरोध छ’ उनले भने ।


चेपाङ समुदायको भाषा, संकृतिको संरक्षण गर्न रेडियो धादिङले नेपालमै पहिलो चोटी रेडियो धादिङले चेपाङ भाषाको कार्यक्रम र समाचार प्रशारण गरेको रेडियो धादिङ सञ्चालन गरेको संस्था ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष सुवास खतिवडाले बताए । भाषा, कला संस्कृति, परम्परा विस्तारै लोप हुदै गएको छ । रेडियोबाट समाचार तथा कार्यक्रम प्रशारण हुदा नयाँ पुस्तामा पुस्तातरण हुने अपेक्षा सामुदायिक रेडियोले लिएको उनले बताए ।

भाषा, कला संस्कृति जोगाउने र पुस्तान्तरण गर्न सकिएन भने लोप हुने नेपालकै पहिलो चोटी चेपाङ भाषाको समाचार तथा कार्यक्रम उत्पादक तथा प्रस्तोता उद्धव चेपाङले बताए । ‘लोप हुदै गएको भाषा सस्कृति जगेर्णा गर्न रेडियो धादिङले चेपाङ भाषामा समाचार तथा कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको हो । बाँडेर खाने, एक अर्कालाई सहयोग गर्ने चेपाङ जातिको संकार हो । यसलाई जोगाइराख्नु पर्छ’, उनले भने ।


जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विक, बेनीघाट रोराड गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद थपलिया(विवेक), उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरे, वडा अध्यक्षहरु लगायत उपस्थित सबैले सामुदायिक रेडियोले समाज परिवर्तनका लागि खेलेको भूमिको खुलेरै प्रशंसा गरेका छन् । समाज रुपान्तरणमा सामुदायिक रेडियोसँगको सहकार्य निरन्तर रहनेमा जोड दिएका छन् ।


त्यस्तै, सहभागीहरुले रेडियो धादिङले जस्तै चेपाङ भाषामा अन्य रेडियोले पनि कार्यक्रम तथा समाचार संप्रेषण गर्न अनुरोध गरेका छन् । चेपाङ समुदायमा रहेका थुप्रै समस्या तथा सवालहरुमा कलम चलाएर सरोकारवाला निकायलाई झक्झकाउन पनि उनीहरुले आग्रह गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट