





























काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ ।


आज विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को सेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।
आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता सेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
