काठमाडौं– चितवनको भरतपुर महानगरपालिका– २५ शुक्रनगरस्थित किसान चोकका ४२ वर्षीय लिलाराज गिरिले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् ।
गिरिले आफ्नी सात वर्षिया छोरी प्रभा र दाजुको पाँच वर्षिय छोरा साजन गिरिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका छन् । शुक्रबार बिहान १० बजे खुर्पाले प्रहार गरि गम्भिर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । गम्भीर अवस्थाका उनको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार लिलाराजले घटनाको कारण खुलाएका छैन । लिलाराज मानसिक रोगी थिए । घटनाको अनुसन्धान भइरहेको छ । हतियार प्रहारबाट गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप