आसन्न निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ : गृहमन्त्री अर्याल

आसन्न निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । निर्वाचन सुरक्षा सम्बन्धि अनुगमनका क्रममा धादिङ आइपुगेका गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय तथा पत्रकारहरुसँग कुराकानी गर्दै शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सबै तयारी पूरा भइसकेको बताएका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारले संविधान पुनर्बहालीका लागि निर्वाचन अनिवार्य भएकाले चुनावको मिति तय गरिएको स्पष्ट पार्दै भने,- ‘चुनावी सरकारबाटै सञ्चालन हुने यो निर्वाचनलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाइनेछ।’

गृहमन्त्री अर्यालले विगतमा दलीय सरकारले सञ्चालन गरेका निर्वाचनभन्दा यो निर्वाचन अझ सुदृढ र विश्वसनीय हुने दाबी गरे । ‘यदि कतै गडबडी भयो भने त्यस्तो निर्वाचनलाई मान्यता दिइने छैन । आवश्यक परेमा त्यही क्षेत्रमा निर्वाचन रद्द गरी पुनः निर्वाचन गराइनेछ,’ उनले भने।

मतदाताले आफूले चाहेको उम्मेदवारलाई कुनै दबाब र भयबिनै ढुक्कसँग मतदान गर्न सक्ने वातावरण तयार गरिएको बताए ।  उनले भने,- ‘मतदाताले पनि आफ्नो मनोबल उच्च राख्नु होला । निष्पक्ष, धाँधलीरहित र राजनीतिक सुशासन सुनिश्चित हुने गरी निर्वाचन सम्पन्न गराउने हाम्रो प्रतिबद्धता हो ।’

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट