जीप दुर्घटना हुँदा चालकको मृत्यु 

  • २०८३ कार्तिक १०, सोमबार (१ मिनेट अघि)
  • ६ पटक पढिएको
जीप दुर्घटना हुँदा चालकको मृत्यु 

काठमाडौं– इलाममा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

दुर्घटनमा चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट