गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदी क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको ठूलो भाग चर्किएर भासिन थालेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले सवारी आवागमन बन्द गराएको हो ।

Advertisement

त्रिशूली नदीतर्फको सडक किनारमा करिव ६० मिटर क्षेत्रमा चिरा परेको छ । त्यसमध्ये करिब ३५ मिटर सडक भासिएर तल खसेको छ । सडकमा चिरा परेकाले थप सडक भासिने र पहिरो जाने जोखिम बढेको छ । सडकको अवस्था जोखिमपूर्ण बनेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको नागढुंगा–नौबिसे मुग्लिन पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार सडक भासिने क्रम अझै नरोकिएकाले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर सवारी आवागमन बन्द गरिएको हो। ‘प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्याङ्कन गरेपछि मात्रै सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ । तत्कालका लागि भने दुवैतर्फ सवारी आवागमन रोकिएको छ,’ उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट