धादिङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

धादिङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

धादिङ- उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

Advertisement

शुक्रबार बिहान करिब १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र. ०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब चार सय मिटर तल खस्दा रुवीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका रुवीभ्याली–४ बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ, र ४० वर्षीय चेरोङ तामाङ, बोलेरो चालक खनियाँबास गाउँपालिका– १ का ४० वर्षीय डम्बर तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन, १४ वर्षीय कमल घले र २० वर्षीय बिमल तामाङलाई धादिङ अस्पताल ल्याइदैँ गरेको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट