भोटेकोसी बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक तथा सरसफाइ सामग्री सहयोग

  • २०८३ मंसिर ५, शुक्रबार (४० सेकेण्ड अघि)
  • ० पाठक संख्या
भोटेकोसी बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक तथा सरसफाइ सामग्री सहयोग

धादिङ-  भोटेकोशी बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा स्वच्छता सामग्री सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनुका साथै उनीहरूको सिकाइ, स्वास्थ्य तथा संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रयास नेपाल, धादिङले चाईल्ड फण्ड जापानसँगको साझेदारीमा सञ्चालित ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ अन्तर्गत भोटेकोशी बाढी प्रारम्भिक पुनर्लाभ कार्यक्रममार्फत शैक्षिक सामग्री, न्यानो कपडा तथा स्वच्छता सामग्री वितरण गरेको छ ।

Advertisement

गल्छी गाउँपालिका–२ स्थित रक्तबच्छला आधारभूत विद्यालयका ९८ जना बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, न्यानो कपडाअन्तर्गत फ्लिस ज्याकेट तथा ऊनी टोपी, स्वच्छता सामग्री र जानकारीमूलक पुस्तिकाहरू वितरण गरिएको छ । साथै, विद्यालयका १२ जना शिक्षकलाई झोला, डायरी र पाइलट पेन तथा विद्यालयका लागि आवश्यक शिक्षण–सिकाइ सामग्रीसमेत सहयोग गरिएको छ ।

उक्त कार्यक्रममा वडा सदस्य सुदीप मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन श्रेष्ठ, प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा, चाईल्ड फण्ड जापानका स्पोनसरसीप संयोजक श्रीकान्त लुइँटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका प्रबन्धक सन्तोष सत्याल, प्रयास नेपालका कर्मचारी तथा स्वयंसेवकहरू र विद्यालयका प्रधानाध्यापक टीका बहादुर आचार्य लगायतले बाढी प्रभावित बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने बताएका छन् ।

 

त्यस्तै, सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयका ३ सय १५ जना बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, फ्लिस ज्याकेट, ऊनी टोपी, स्वच्छता सामग्री तथा जानकारीमूलक पुस्तिकाहरू वितरण गरिएको छ । विद्यालयका २५ जना शिक्षकलाई झोला, डायरी र पाइलट पेन तथा विद्यालयका लागि आवश्यक शिक्षण–सिकाइ सामग्री सहयोग गरिएको छ ।

कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, वडा अध्यक्ष सानु गिरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामशरण गिरी, प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा, चाईल्ड फण्ड जापानका स्पोन्ससरसीप संयोजक श्रीकान्त लुइँटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका प्रबन्धक सन्तोष सत्याल, प्रयास नेपालका कर्मचारी तथा स्वयंसेवकहरू र विद्यालयका प्रधानाध्यापक लालबहादुर वि.क. ले यस्ता सहयोगले शैक्षिक सुधारमा सहयोग पुग्ने बताएका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शैक्षिक निरन्तरता, स्वास्थ्य, सरसफाइ तथा संरक्षणलाई प्राथमिकतामा राखेर गरिएको यस सहयोगले विपद्पछिको कठिन परिस्थितिमा बालबालिकालाई पुनः विद्यालयको नियमित सिकाइ प्रक्रियामा जोडिन र सुरक्षित तथा सहज शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने उदेश्यले बालबालिका र शिक्षकलाई सहयोग गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट