कृषि उत्पादन र आयआर्जन बढाउन कृषक पाठशालाको समीक्षा

  • २०८३ कार्तिक १३, बिहिबार (३ मिनेट अघि)
  • ९ पटक पढिएको
कृषि उत्पादन र आयआर्जन बढाउन कृषक पाठशालाको समीक्षा

धादिङ– खनियाबास गाउँपालिकामा तरकारी खेती तथा बाख्रापालनसम्बन्धी कृषक पाठशाला सञ्चालन गरिरहेका अगुवा कृषकहरूबीच समीक्षा तथा अनुभव आदानप्रदान गरिएको छ ।

उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजनाअन्तर्गत प्रयास नेपाल, धादिङले कार्यक्रम आयोजना गरेको हो । क्यानेडियन फुडग्रेन्स बैंक र आड्रा नेपालको सहयोगमा सञ्चालित परियोजनामार्फत जलवायु कृषक पाठशालाका गतिविधि सञ्चालन भइरहेका छन् ।

समीक्षा कार्यक्रममा पाठशालामार्फत भएका गतिविधिको समीक्षा, कृषकका अनुभव तथा सिकाइ आदानप्रदान र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । परियोजनाले कृषकको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै सुधारिएको कृषि तथा पशुपालन अभ्यास प्रवर्द्धन, उत्पादन र आयआर्जन वृद्धि तथा दिगो जीविकोपार्जन र खाद्य सुरक्षा सुदृढीकरणमा जोड दिएको छ ।

अगुवा कृषकको सक्रिय सहभागिता, स्थानीय सरकारसँगको समन्वय र प्राविधिक सहयोगमार्फत कृषक परिवारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य परियोजनाले लिएको छ ।

समीक्षा बैठकमा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले कृषक पाठशालामार्फत व्यावहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै सुधारिएको कृषि प्रविधि तथा पशुपालन अभ्यास प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताए । यसबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, जलवायु उत्थानशील जीविकोपार्जन र खाद्य सुरक्षा सुदृढीकरणमा योगदान पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, कृषि शाखा प्रमुख जीवन तामाङ, पशु सेवा शाखा प्रमुख रोसनी चन्दलगायत सहभागी थिए । कार्यक्रममा २४ जना अगुवा कृषकको सहभागिता रहेको थियो ।

प्रयास नेपालका फिल्ड संयोजक प्रतीक अवस्थी र लैङ्गिक एसोसिएट शर्मिला गुरुङले परियोजनाअन्तर्गत सञ्चालित जलवायु कृषक पाठशालाका गतिविधि तथा तिनको महत्त्वबारे जानकारी गराएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट