काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनको विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। तर, देउवाले भने वडा तहबाटै निर्वाचन प्रक्रियामा सहभागी भएर क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि बन्ने इच्छा राखेका थिए।
देउवा यसअघि पनि महाधिवेशनमा वडा तहबाटै प्रतिस्पर्धा गर्दै आएका थिए। यसपटक पनि उनले वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने बाटो रोजेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
