गुम्दीमा देउसीभैलोबाट ८४ हजारभन्दा बढी रकम संकलन

  • २०८३ कार्तिक २५, मंगलबार (८ मिनेट अघि)
  • १० पटक पढिएको
गुम्दीमा देउसीभैलोबाट ८४ हजारभन्दा बढी रकम संकलन

धादिङ– गुम्दीमा आयोजित देउसीभैलो कार्यक्रममा ८४ हजार ६ सय ९० रुपैयाँ संकलन भएको छ । लगनशील स्वावलम्बी आमा कृषक समूह गुम्दीको आयोजनामा भएको देउसीभैलो कार्यक्रममा ५९ घरधुरीबाट झण्डै एक लाख रकम संकलन गरिएको हो ।

Advertisement

ताङलिचेत, भिरकुना, कुर्चेत, लामा टोल, घले टोल र एमेन टोलका ५९ घरधुरीले कार्तिके दान (भेटी) स्वरूप उक्त रकम प्रदान गरेको स्थानीय सुष्मा गुरुङले जानकारी दिइन् ।

कार्यक्रममा गङ्गाजमुना गाउँपालिका–३ का वडा अध्यक्ष वडाध्यक्ष राजकुमार गुरुङ, समाजसेवी टोपबहादुर गुरुङ, नरबहादुर गुरुङलगायत स्थानीयको उत्साहजनक सहभागितामा कार्यक्रम गरिएको हो ।

देउसीभैलोबाट संकलित रकम सामाजिक सेवा तथा संस्थाको हितमा प्रयोग गरिने समूहले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट