धादिङ– बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।


त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार त्यस क्षेत्रको घरमा पसेको बाढीले करिब १५० घरमो क्षति पुगेको छ । बाढीले घरहरूमा क्षति पुर्याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको छ । हाम्रो मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।
पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । बाढीबाट प्रभावित घरपरिवारको क्षति र पुल बगाउँदा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
