काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डमा आजदेखि दैनिक ५ घण्टा बन्द गरिने भएको छ ।


घोप्टेभीरमा सडक माथिबाट निरन्तर ढुङ्गा–माटो खसेर पहिरोको उच्च जोखिम रहेकाले सडक बन्द गरि मर्मतको काम गर्न लागिएको हो । उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै ५ घण्टा बन्द गरिने जानकारी दिएको हो । शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।

स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
