फुर्केखोलामा पन्टुन ब्रिजको कामले लियो तीव्रता

  • २०८३ कार्तिक २४, सोमबार (१० घण्टा अघि)
  • १२ पटक पढिएको
फुर्केखोलामा पन्टुन ब्रिजको कामले लियो तीव्रता
धादिङ -धादिङको फुर्केखोलामा ‘पन्टुन ब्रिज’ अर्थात् तैरिने पुल हालिदैँछ । हुलाकी राजमार्गअन्तर्गत बर्दियाको गुलरिया–राजापुर खण्डको कोठियाघाटमा १३ वर्षदेखि रहेको पन्टुन ब्रिज धादिङको फुर्केखोलामा ल्याइएको हो । तिहारलगत्तै पुल जडानका लागि पुलका डब्बासहित आवश्यक सामग्री ल्याइएसँगै खोलासम्म पुग्ने मार्ग निर्माणको काम पनि तीव्र पारिएको छ ।

गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ लाई जोड्ने फुर्केखोलाको यो पुलले सदरमुकामसहित धादिङका आठवटा स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्नेछ। त्यसैले यो केवल दुईवटा वडालाई मात्र जोड्ने पुल होइन, उत्तरी धादिङको आवागमन र जनजीवनसँग जोडिएको महत्त्वपूर्ण मार्ग पनि हो।

Advertisement

गत भदौ १० गते आएको भोटेकोशी बाढीले पक्की पुल बगाएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ । वैकल्पिक मार्गमार्फत कष्टकर यात्रा गर्न बाध्य छन् । बिरामीलाई अस्पताल पुर्‍याउनदेखि विद्यार्थीको विद्यालय आवागमन र स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समेत समस्या भइरहेको छ । यही सास्ती कम गर्न धादिङका १३ वटै स्थानीय तहको पहलमा पन्टुन ब्रिज ल्याइएको हो ।

तिहारलगत्तै पुल जडान भएर सञ्चालनमा आउने अपेक्षाले स्थानीयमा आशा जगाएको छ । पन्टुन ब्रिज अर्थात् तैरिने पुल पानीमाथि तैरिन सक्ने विशेष संरचनालाई एकआपसमा जोडेर बनाइन्छ । फुर्केखोलामा पन्टुन ब्रिज जडान भएपछि आवागमनमा ठूलो राहत पुग्नेछ । तर, यो तत्कालको विकल्प मात्रै हो । फुर्केखोलामा पक्की पुल कहिले बन्छ भन्ने प्रश्न भने अझै बाँकी नै छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट