पृथ्वी राजमार्ग खुलाउन नयाँ ट्र्याकको ६० प्रतिशत काम सकियो: आयोजना प्रमुख

पृथ्वी राजमार्ग खुलाउन नयाँ ट्र्याकको ६० प्रतिशत काम सकियो: आयोजना प्रमुख

काठमाडौं- सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गमा सुचारु गराउन नयाँ ट्रयाक खोल्ने काम ६० प्रतिशत सकिएको नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘शनिवार विहानै देखि ६ वटा एक्साभेटर, २ वटा लोडर र २ वटा ब्याको लोडरले काम गरिरहेको छ । सकेसम्म चाँडै राजमार्ग सञ्चालन गराउन रातको समयमा पनि बत्ती बालेर रातको अबेरसम्म काम ग¥यौं’ उनले भने– ‘आइतबार पनि विहानैदेखि काम सुरु गर्छौं। सकेसम्म आइतबार विहानदेखि नै राजमार्ग सूचारु गराउने कोसिसमा छौं ।’

Advertisement

भासिएको सडकको कुनातर्फ ब्याक कटिङ गरेर राजमार्ग सञ्चालनमा ल्याउन लागिएको हो । १५७ मिटर लम्बाई, ६ मिटर चौडाई, १२ मिटर भित्ताको उचाई काटेपछि मात्रै राजमार्ग सुचारु गर्न सकिन्छ । अहिलेसम्म ६० प्रतिशत काम सकियो । आइतबार पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउछौं’ उनले भने ।

भोटेकोसी बाढीका कारण भदौ १४ गते पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएको सडक नयाँ ट्रयाक खोलिएपछि असोजबाट राजमार्ग सुचारु भएको थियो । वैकल्पिक मार्गको रुपमा खोलिएको कृष्णभीर क्षेत्रमा वर्षातको समयमा पहिरो झरेर सडक अवरुद्ध हुदैँ आएको छ । पृथ्वी राजमार्गकै परेवाभीर, चालिसे, बाङ्गे लगायतका क्षेत्रमा खसेको पहिरोले पनि यात्रुहरुले ठूलै सास्ती व्यहोरे ।

६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध बन्दा हजारौं यात्रुहरु प्रभावित बनेका छन् । दैनिक १३ हजार भन्दा बढी सवारी गुड्ने यस राजमार्गमा झण्डै तेब्बर सवारी गुड्छन् । अत्यावश्यक सवारी, यात्रुसँगै मालबाहक सवारीहरुको उच्च चाप हुन पृथ्वी राजमार्गको वैकल्पिक मार्ग नहुँदा यात्रुहरुले हरेक वर्ष यस्तै सास्ती खेप्दै आएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट