कांग्रेस महाधिवेशनः धादिङबाट २ सहमहामन्त्रीसहित १२ जनाको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशनः धादिङबाट २ सहमहामन्त्रीसहित १२ जनाको उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् ।

Advertisement

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ । जसमध्ये धादिङबाट २ जनाले सहमहामन्त्री र १० जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

सहमहामन्त्री पदमा दिलमान पाख्रिन र रमेश धमलाले उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्य पदमा भीमप्रसाद ढुङ्गाना, राधाकृष्ण भण्डारी, उर्मिला थपलिया, रिता थापामगर, रमेश विश्वकर्मा, कृष्ण रिजाल, कविता इटनी, उर्मिला कँडेल, मधुकुमार श्रेष्ठ र बाबुकृष्ण सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पुर्याएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।

यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट