धादिङ– अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा गरेको छ ।
धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखि जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ वटा घटना इन्सेकले अभिलेख गरेको इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले बताए । जसमा बाल अधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका १२, महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव दुव्र्यवहार अन्तर्गत बलात्कार, बलात्कार प्रयासका ७, घरेलु हिंसाका १७ , कारागारमा मृत्यु १ र हत्याका २ गरी ३८ घटना रहेका छन् ।
कार्यक्रमका वक्ताहरुले मानवअधिकार र आर्थिक, सामाजिक सांस्कृतिक अधिकारका विषयवस्तु ननगरिककाे मानवअधिकार भएकाे बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले तथ्यमा आधारित भएर दुरदराजका घटनाहरु समेत नछुटाई वर्षपुस्तकमा समेट्न र मानवअधिकार संरक्षणमा लाग्न आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले प्रहरी मानवअधिकार प्रति प्रतिवद्ध रहेकाे बताउँदै महिला, दलित, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिको मुद्दा तथा विषयलाई प्राथमिकतामा राख्ने र अग्राधिकार दिएर काम गरिरहेकाे बताए । नेपाल मानवअधिकार संगठनका जिल्ला अध्यक्ष कृष्णराज अधिकारीले हालका वर्षहरुमा फाैजदारी किसिमका मुद्दा घटेकाेमा अध्यायन गर्नुपर्ने उल्लेख गर्दै देवानी प्रकृतिका घटनामा कमी नआएकाेले यसमा सबैले चादो दिनु पर्ने बताए ।
दलित सेवासंघका अध्यक्ष श्याम मगरातीले मानवअधिकार शिक्षाकाे अधिकारमा समेट्न आग्रह गर्दै नीलकण्ठ बालमन्दिर माविमा शिक्षकले एसइइ परिक्षामा ५० पूर्णाङ्कककाे प्राक्टिकलमा २५ पूर्णाङ्क ठानेर कम नम्बर दिएका कारण कम नम्बर आएर विद्यार्थीले समस्या भाेगेकाे विषय मानवअधिकार विषय बनाउनुपर्नेमा जाेड दिए । ,
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप