नयाँ तीज गीतः ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’(भिडियोसहित)

  • नेपाल पथ
  • २०८२ श्रावण १९, सोमबार (११ घण्टा अघि)
  • १०३ पटक पढिएको
नयाँ तीज गीतः ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’(भिडियोसहित)

काठमाडौं– सरोज लामिछानेले नयाँ नेपाली तीज गीत ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’ सार्वजनिक गरेका छन् ।

Advertisement

‘ओइ बुढा नयाँ साडी खोइ बुढा’ बोलको गीतमा सरोज लामिछाने र मञ्जु गौतमको स्वरमा सजिएको छ । सन्तोष लामिछानेको शब्दमा रहेको यस गीतमा सरोज लामिछानेले नै संगीत भरेका छन् । गीतको अरेन्ज रामकृष्ण थापाले गरेका छन् भने मिक्सिङ खडक बजुरालीले गरेका हुन् ।

गीतमा तीजको महत्व र कर्म तथा गरिने गतिविधिलाई समेटिएको छ । एउटा श्रीमान श्रीमतीको साथले घर परिवारमा कसरी खुसी छाउन सक्छ भन्ने दृश्य देख्न सकिन्छ । श्रीमती माइत जादा घर शुन्य तथा एकअर्काको माया र हेरचाह प्रष्टै देखिन्छ । हराउदै गएको तीजको मौलिकतालाई गीतले समेटेको छ । श्रीमान श्रीमती मिले परिवार खुसी रहन सक्छ भन्ने सन्देश गीतले दिएको छ ।

मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको गीतमा भिडियोमा दीपेन्द्र सुनाम र सरिता डंकोटीले अभिनय गरेका छन् भने कोरियोग्राफी प्रतिभा चाम्लिङले गरेका छन् । छायांकन सन्तोष तिमल्सिनाले गरेका छन् भने सम्पादन रोशन धितालले गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट