धादिङको गङ्गाजमुना गाउँपालिकाका नौ जना स्वास्थ्यकर्मी सम्मानित

धादिङको गङ्गाजमुना गाउँपालिकाका नौ जना स्वास्थ्यकर्मी सम्मानित

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । वार्षिक समिक्षा कार्यक्रमको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य संस्था स्तरमा सम्पादित कार्यहरुमा उत्कृष्ट कार्य सम्पादन गरेवापत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्थाले सम्मान तथा गाउँपालिकाले मायाको चिनो प्रदान गरेको हो ।

Advertisement

दुर्गम बस्तिमा रहेर नागरिकको स्वास्थ्य क्षेत्रमा पु¥याएको उनीहरुको अतुलनिय योगदानको उच्च मूल्याङ्कन गरि गाउँपालिका भित्र रहेको ९ वटा वडा भित्रका नौवटै स्वास्थ्य संस्थाका एक एक जना स्वास्थ्यकर्मीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको हो । हरेक स्वास्थ्य संस्थाले एक/एक जना स्वास्थ्यकर्मीलाई सम्मान तथा गाउँपालिकाले मायाको चिनो प्रदान गरेको हो । यो सम्मान तथा मायाको चिनोले स्वास्थ्य सेवा प्रवाहमा थप गुणस्तरसँगै प्रभावकारी हुने गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए ।

‘एकआपसमा गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिस्पर्धा हुनेछ । यो वर्ष जस्तै अर्को वर्ष पुरस्कृत हुन र अन्य स्वास्थ्य कर्मीहरु पनि उत्कृष्ट काम गर्न प्रोत्साहित हुने छन्’ उनले भने ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट