रसुवाका डेढ सय विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री वितरण

  • २०८२ भाद्र ४, बुधबार (५ घण्टा अघि)
  • ११७ पटक पढिएको
रसुवाका डेढ सय विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री वितरण

रसुवा– रसुवाको भूमिदेवी माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुको शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षाले बिमा कम्पनीले १ सय ४२ जना विद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामाग्री वितरण गरेको हो ।

Advertisement

आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाको समन्वय र समाजसेवी अनिता निगी तामाङ र आई. एम.ई. लाइफ नुवाकोट शाखाका सिनियर एजेन्सी म्यानेजर एवं एमडीआरटी रोजिना घलेको सहयोगमा विद्यार्थीहरुलाई झोला र स्टेशनरी उपलब्ध गराइएको आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लि.का क्षेत्रीय प्रबन्धक सीताराम पौडेलले जानकारी दिए ।

वडा अध्यक्ष लालबहादुर लामा तामाङले झोलासहितको शैक्षिक सामाग्रीले विद्यार्थीहरूमा थप उत्साह जोश र जाँगर बढ्ने तथा मानिसलाई समाजसेवी भावना जाग्ने बताए । यसै बीच आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड क्षेत्रीय प्रबन्धक पौडेलले बीमा महत्वपूर्ण आवश्यकता भएकोले शहरदेखि गाउँसम्मका सबैलाई समेट्नु पर्नेमा जोड दिए । आगामी दिनमा पालिका तथा वडासँग समन्वय गरी बीमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने उनले बताए ।

बीमा क्षेत्रमा लागेर समाजसेवाको भावनाले देशविदेशमा आफूलाई पहिचान बनाउन सफल रोजिना घलेले हजारौं परिवारलाई सुरक्षित गराउँदै आफ्नो आम्दानीको केही प्रतिशत रकम सामाजिक कार्यमा लगाउदै आएको उनले बताए । सेवाभावका सहयोगी अनिता तामाङ जस्ता व्यक्तिहरूको सहकार्यले अझै अघि बढ्न प्रेरणा मिलेको रोजिना घलेको भनाई छ ।

मन्तव्यकै क्रममा मिस तामाङ २०१५ का दोस्रो रनर अप बन्न सफल अनिता तामाङले आफू अभावमा हुर्के पनि शिक्षाको उज्यालो घामबाट कसैले पनि वञ्चित हुन नपरोस् भनेर सन् २०१५ देखि निरन्तर रूपमा विद्यालयमा र अन्य सामाजिक संघसंस्थाहरूमा यस किसिमको सहयोग गर्दै आएको आफ्नो अनुभव सुनाए ।

दुःख विपन्न र अभावमा हुर्केका बालबालिकालाई सहयोग गर्न पाउँदा आफ्नो मन प्रफुल्लित भएको र आगामी दिनमा समेत यस किसिमको कार्यलाई निरन्तरता दिने तामाङको भनाई छ ।

कार्यक्रममा दाताहरूलाई विद्यालयको तर्फबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट