काठमाडौं इन्फिल्डर्स क्लबद्वारा धादिङका पत्रकार अशोक श्रेष्ठ सम्मानित

  • २०८२ कार्तिक २७, बिहिबार (२ दिन अघि)
  • २२ पटक पढिएको
काठमाडौं इन्फिल्डर्स क्लबद्वारा धादिङका पत्रकार अशोक श्रेष्ठ सम्मानित

धादिङ– बुलेट मोटरसाइकल राइडर्सको समूह काठमाडौं इन्फिल्डर्स क्लबले धादिङका पत्रकार अशोक श्रेष्ठलाई सम्मान गरेको छ । धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले  क्लबले आयोजना गरेको टुरका क्रममा प्रचारप्रसार, समन्वय तथा सहकार्य गरी पुर्‍याएको योगदानको उच्च कदर गर्दै श्रेष्ठलाई एक कार्यक्रमका बीच क्लबले सम्मान गरेको हो।

गत टुरका क्रममा क्लबले धादिङको प्रसिद्ध भैरवी मन्दिर र आसपासका पर्यटकीय स्थलहरूमा प्रवर्द्धनात्मक यात्रा गरेको थियो। सो अवसरमा क्लबका सदस्यहरूले भैरवी माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामग्री वितरण गरेका थिए ।

सम्मानित पत्रकार अशोक श्रेष्ठले धादिङको पर्यटन प्रवर्द्धनमा योगदान दिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि प्रचारप्रसार र स्थानीय पर्यटन प्रवर्द्धनमा सक्रिय रहिरहने बताएका छन् । पत्रकार श्रेष्ठले साँचो खबर अनलाइन पत्रिका सञ्चालन गर्दै आएका छन्।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट