धादिङमा अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न तथा स्विटर वितरण 

  • २०८२ कार्तिक २९, शनिबार (३ मिनेट अघि)
  • ९ पटक पढिएको
धादिङमा अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न तथा स्विटर वितरण 

धादिङ– धादिङमा अपाङ्गता भएका बालबालिकाहरूका लागि खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको छ। नीलकण्ठ नगरपालिका-३ मा रहेको त्रिवेणी समाज धादिङको पहलमा धादिङबेसीका युवाहरूले खाद्यान्न तथा स्वीटर वितरण गरेको हो ।

धादिङको नीलकण्ठ नगरपालिका-८ मा रहेको स्वावलम्बी बहिरा आधारभूत विद्यालयका विद्यार्थी र नीलकण्ठ नगरपालिका- ३ मा रहेकाे वौद्धिक अपाङ्गता अभिभावक संघलाई खाद्यान्न सामग्री वितरण गरिएको छ। त्रिवेणी चोक तथा धादिङबेसीका युवाहरूले सङ्कलन गरेको रकमबाट बालबालिकाहरूका लागि खाद्यान्न तथा स्वीटर वितरण गरिएको हो ।

स्वावलम्बी बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि धादिङबेसीमा रहेको त्रिवेणी स्टेशनरी एण्ड गिफ्ट् सपका प्रोप्राइटर नवीन श्रेष्ठले ४५ वटा स्वीटर सहयोग गरेका हुन् ।

अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक क्षेत्रमा सहयोग पुग्ने उद्देश्यले खाद्यान्न तथा स्विटर वितरण गरिएको त्रिवेणी समाज धादिङका दिपक थापा मगरले जानकारी दिए । बालबालिका भविष्यका कर्णधार हुन्। अपाङ्गता भएका बालबालिकाहरू अभावको सामना गरिरहेका छन् । थोरै भएपनि अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

त्रिवेणी समाज धादिङलाई धादि बेसीका युवाहरू नवीन कुमार श्रेष्ठ, अन्जन श्रेष्ठ र अनिल केसीले पनि साथ दिएका छन्। खाद्यान्न सामाग्री सहयोगका लागि उनीहरूले केही आर्थिक सहयोग गरेका हुन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट