लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीद्वारा बेनिघाटमा ‘लायन्स मनराम पुस्तकालय’ स्थापना

  • २०८२ पौष २५, शुक्रबार (३ घण्टा अघि)
  • ८ पटक पढिएको
लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीद्वारा बेनिघाटमा ‘लायन्स मनराम पुस्तकालय’ स्थापना

काठमाडौँ– धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१०, खोरभञ्ज्याङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘लायन्स मनराम पुस्तकालय’ स्थापना गरिएको छ । लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीले लायन्स मनराम प्रतिष्ठानसँगको सहकार्यमा सीमान्तकृत समुदायको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको क्लबका अध्यक्ष विक्रम विकले जानकारी दिए।

क्लबले धादिङका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको छ । यसै क्रममा ५० हजार रुपैयाँ बराबरको पुस्तकालय स्थापना गरिएको विकले बताए । साथै पुस्तकालयको दीर्घकालीन सञ्चालन र टिकाउका लागि लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको पहलमा लायन्स मनराम प्रतिष्ठानसँगको सहकार्यमा एक लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ।

लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी र बेनिघाट रोराङ गाउँपालिकाबीच पालिकाभित्र सामाजिक सेवाका कार्यहरू दीर्घकालीन रूपमा सञ्चालन गर्न ‘मितेरी भिलेज’ घोषणा पनि गरिएको छ । बेनघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले सामाजिक सेवाका क्षेत्रमा सहकार्य गर्दै मितेरी सम्बन्ध स्थापित गरेकोमा लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी परिवारलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर सहकार्य हुने बताएका छन् ।

त्यसैगरी, समुदायमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले क्लबका द्वितीय उपाध्यक्ष तथा धादिङ अस्पतालका कन्सल्टेन्ट एमडीजिपी लायन डाक्टर दिनेश रेग्मीले कक्षा ९ देखि १२ सम्म अध्ययनरत करिब ६० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना अभिमुखीकरण गरिएको थियो ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालकी गभर्नर लायन पार्वती खरेल पाण्डे, डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारी, डिस्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठ तथा एरिया को–अर्डिनेटर लायन चक्र बहादुर न्यौपाने, डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारी, क्लबका संस्थापक अध्यक्ष लायन कविता ईटनी उप्रेती, जोन चेयरपर्सन तथा निवर्तमान क्लब अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर), प्रथम उपाध्यक्ष लायन राजाराम रिजाल, द्वितीय उपाध्यक्ष लायन डा. दिनेश रेग्मी, कोषाध्यक्ष लायन सुदर्शन गोम्जाले सीमान्तीकृत समुदाय, पिछडिएका क्षेत्र, कमजोर वर्ग तथा विपन्न नागरिकहरूको सेवा गर्न पाउँदा खुसी लागेको बताएका छन्। यस्ता समुदायको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर काम गरिरहने उनीहरूको भनाइ छ ।

Advertisement

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट