स्वर्गीय नन्दबहादुर नेपालीको परिवारलाई सहयोग जुट्दै

  • २०८२ पौष २६, शनिबार (११ घण्टा अघि)
  • १३ पटक पढिएको
स्वर्गीय नन्दबहादुर नेपालीको परिवारलाई सहयोग जुट्दै

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका-१ बैरेनीका स्वर्गीय नन्दबहादुर नेपालीको परिवारलाई सहयोग जुट्न थालेको छ। छरछिमेक टोल बस्तीका नागरिकहरूले नेपालीको नाबालक छोराछोरी र बिरामी आमाको उपचारका लागि सहयोग जुटाएका हुन् ।

घर घरमा पुगेर सहयोगको अपिल गर्दै उनीहरूले जुटाएको एक लाख ५० हजार रुपैयाँ नेपालीको परिवारलाई हस्तान्तरण गरिएको छ। । सहयोग रकम उठाउनेहरूले मृतक नेपालीको परिवारलाई सहयोग गरिदिन अपिल गरेका छन्। देशविदेशमा रहेका सहयोगी मनहरुले उनको परिवारलाई सहयोग गरिरहेका छन्। उनको परिवारको लागि अझै सहयोग जुटाउने सहयोग संकलन गरिरहेकाहरुले बताएका छन्।

४० वर्षीय नन्दबहादुर नेपाली पुष २० गते रातिदेखि बेपत्ता रहेका थिए । पुष २२ गते दिउँसो थोपल खोलामा उनको शव भेटिएको थियो । घटना शङ्कास्पद रहेकोले अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट