जन्मदिनमा रोनिक छत्कुलीद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग

  • २०८२ पौष २७, आईतबार (२ घण्टा अघि)
  • ३८ पटक पढिएको
जन्मदिनमा रोनिक छत्कुलीद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग

धादिङ– धेरैका लागि जन्मदिन केक, शुभकामना र तस्बिरको उत्सव हुन्छ । तर ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका रोनिक छत्कुलीले आफ्नो जन्म दिन सेवा र संवेदनाको उत्सव बनाएका छन् । १८ वर्ष पुरा भई १९ वर्ष लागेका छत्कुलीले अपाङ्गता भएका बालबालिकासँग जन्मोत्सवको खुसी साटेका हुन् ।

Advertisement

आफ्नो जन्मदिनको अवसर पारेर छत्कुलीले नीलकण्ठ नगरपालिका–३ शान्तिटोलमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा अध्ययनरत बालबालिकाका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् । आइतबार बिहान खाद्यान्न तथा स्टेशनरी सामग्री लिएर विद्यालय पुगेका छत्कुलीले बालबालिकाको अनुहारमा मुस्कान बाँडेका हुन् ।

कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षाको तयारीमा रहेका छत्कुलीले अपाङ्गता भएका बालबालिकाले भोगिरहेका दैनिक चुनौतीलाई नजिकबाट महसुस गर्दै सहयोग गर्ने चाहनाले विद्यालय आएको बताए । ‘अपाङ्गता भएका बालबालिकाले जीवनमा धेरै संघर्ष गर्नुपर्छ,’ उनले भने, ‘मेरो जन्मदिनमा गरेको यो सहयोगले उनीहरूको दैनिकी केही सहज बनोस् भन्ने चाहना हो । आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिनेछु ।’

नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा ३० जना अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् । विद्यालयकी प्रधानाध्यापक शर्मिला अधिकारीले जन्मदिनलाई सेवा र सहयोगसँग जोडेर उदाहरणीय कार्य गरेको भन्दै छत्कुलीप्रति जन्मदिनको शुभकामना बाड्दै खुसी व्यक्त गरेकी छिन् । उनले सहयोगी मनहरूको साथ र सहकार्यले नै विशेष विद्यालय सञ्चालन सम्भव भएको बताउदै यस्ता सकारात्मक पहलले समाजमा आशा र मानवताको सन्देश फैलाउने बताइन् । ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट