





























धादिङ– बेनीघाट रोराङ गाउँपालिकाले ७औँ राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँ शिक्षा समिति तथा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार प्रतियोगिता सञ्चालन हुन लागेको हो।
गाउँपालिकाका अनुसार प्रतियोगिताअन्तर्गत राष्ट्रपति रनिङ शिल्डसँगै मजदुर शहीद स्मृति कप बृहत् खेलकुद, मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएका छन् । प्रतियोगिताको उद्घाटन २०८२ पौष ३० पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने आयोजकले जानकारी दिएको छ ।
उद्घाटन अवसरमा विद्यालयगत मार्चपास तथा र्याली प्रस्तुत गरिनेछ । प्रतियोगिताले स्थानीय खेलकुद विकास, प्रतिभा पहिचान तथा युवालाई सकारात्मक र अनुशासित गतिविधितर्फ प्रेरित गर्ने उद्देश्य राखिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए।
यसैबीच, प्रतियोगितामा सहभागी विद्यालयहरूको तयारीका लागि राजमार्ग आसपासका विद्यालयलाई ४५ हजार र राजमार्गदेखि टाढा रहेका विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
