प्रदेश स्तरीय अंग्रेजी हस्तलेखन प्रतियोगितामा रोजमेरीका सबिर मिया प्रथम

प्रदेश स्तरीय अंग्रेजी हस्तलेखन प्रतियोगितामा रोजमेरीका सबिर मिया प्रथम

काठमाडौं– प्रदेश स्तरीय अंग्रेजी हस्तलेखन प्रतियोगितामा धादिङबेसीमा रहेको रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलका सबिर मिया प्रथम भएका छन् । कोसमोस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडले आयोजना गरेको प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा कक्षा २ मा अध्ययनरत छात्र सबिर मिया प्रथम भएका हुन् ।

Advertisement

प्रथम स्थान हासिल गर्न सफल भएका मियाले २० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री तथा उपहारसहित मियालाई विद्यालय परिवारले आज सम्मान गरेको हो । । प्रतियोगितामा सहभागी अन्य ६ जना श्रेयन्शी गुरुङ, प्रार्थना श्रेष्ठ, आहाना अधिकारी, रितु मग्राती र सुषान्त बुर्लाकोटीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यार्थीहरुले उत्कृट लेखन गरेसँगै आयोजकले विद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरेको थियो ।

पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोडदारका साथ प्राथमिकतामा राखिएको रोजमेरी चाइल्ड बोर्डिङ स्कुलकी प्रधानाध्यापक संगिता श्रेष्ठले बताइन् । ‘यो प्रतियोगिता र सविर भाईको उत्कृष्ट हस्तलेखनले रोजमेरी र सिंगो धादिङको विद्यालय र विद्यार्थीको मनोबलसँगै प्रतिष्ठामा उचाई थपेको छ’ उनले भनिन्– ‘अभ्यासका पानाहरुबाट विजेताको मञ्चसम्म पुग्दा विद्यालयको गरिमा थप उचो बनेको आभाष भएको छ । गत वर्ष पनि प्रदेश स्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा चाँदनी गुरुङ प्रथम भएकी थिइन् । गत वर्षहरुमा राष्ट्रिय स्तरका प्रतियोगितामा टप १० मा एञ्जल राई र रिनिसा गुरुङ पर्न सफल भएका थिए । अभिभावकहरुको चाहना, हाम्रो प्रयास र विद्यार्थीहरुको मेहनतको मिलेको आभाष भएको छ ।’

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट