दोस्रो नीलकण्ठ मेयर फुटसल कपको उपाधि एक्सन नेपालले जित्यो

  • २०८२ फागुन १०, आईतबार (२६ मिनेट अघि)
  • ६ पटक पढिएको
दोस्रो नीलकण्ठ मेयर फुटसल कपको उपाधि एक्सन नेपालले जित्यो

काठमाडौं– दोस्रो नीलकण्ठ मेयर फुटसल कप २०८२ को उपाधि एक्सन नेपालले जितेको छ । आयोजक नीलकण्ठ नगरपालिकालाई ६–४ को गोल अन्तरले पछि पार्दै एक्सन नेपालले उपाधि चुमेको हो ।

Advertisement

गत वर्ष भएको पहिलो नीलकण्ठ मेयर फुटसल कप प्रतियोगिताको उपाधि हात पारेको आयोजक नीलकण्ठ नगरपालिका यस वर्ष भने उपविजेतामै सिमित हुन पुग्यो ।

त्यसैगरि, नेपाल पत्रकार महासंघ धादिङले गंगाजमुना गाउँपालिकालाई २–१ गोल अन्तरले पछि पार्दै तृतिय भएका छन् ।

धादिङबेसीमा फागुन ६ गतेदेखि चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देभभरबाट २६ समुहको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टिम एक्सन नेपालले १ लाख ११ हजार १ सय ११ रुपियाँ, उपविजेता नीलकण्ठ फोर्सले ५५ हजार ५ सय ५५ रुपियाँ, तृतिय नेपाल पत्रकार महासंघले २२ हजार २ सय २२ रुपिया तथा सान्त्वना स्थान हासिल गर्ने गंगाजमुना गाउँ पालिकाले ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडलल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकर्ता नीलकण्ठ फोर्सका आर्जन श्रेष्ठ, उत्कृष्ट खेलाडी एक्सन नेपालका कमलराज ढुंगाना, उत्कृष्ट गोलरक्षक एक्सन नेपालकै जीवन श्रेष्ठ र उत्कृष्ट डिफेन्डर नीलकण्ठ फोर्सका सरोज पाण्डेले जनही ६ हजार ६ सय ६६ रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई खेलकुदको हव बनाउने बताएका छन् । अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रमा पनि विशेष प्राथमिकतामा राखेर वजेट तथा कार्यक्रम ल्याएको उनले बताए । खेलकुदले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक ऊर्जातर्फ उन्मुख गराउने उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा पनि खेलकुद विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगितालाई सभ्य, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने सबै टिम, आयोजक समिति, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष,परोक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले प्रतियोगिता तयारीदेखि समापनसम्म सबै पक्षको समन्वय र सहयोगका कारण मेयर कप सफलतापूर्व सम्पन्न भएको बताए । खेलकुदको माध्यमबाट देशभरका विभिन्न पालिका र संघसंस्थाहरुसँगको सम्बन्ध र सामिप्यता बढेको उनले बताए । प्रतियोगिताले नीलकण्ठ नगरपालिकाको संस्थागत क्षमता र सुशासनप्रतिको प्रतिबद्धता पनि झल्काएको छ । यस प्रतियोगिताले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम सञ्चालनका लागि अनुभव थपेको उनको भनाई छ ।

प्रतियोगिताको समापन कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाशदत्त भट्टले प्रतियोगिता निर्धारित मापदण्ड, अनुशासन र पारदर्शिताका साथ सफलतापूर्वक सम्पन्न भएको बताए । स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र स्थानीय तहबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट