





























धादिङ- धादिङको भैसीगौडामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँँदी नजिकै भैसीगौडामा यात्रुबस त्रिशुली किनारमा खस्दा घटनास्थलमै १७ जनाको ज्यान गएको थियो ।


दुर्घटनामा परि घाइते भएर काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको हो । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब साढे १ बजे त्रिशुली किनारमा खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका २७ जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । बसमा ४४ जना सवार थिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटनामा परि घाइते भएकाहरु २६ जनाको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइ रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
