धादिङ– नेकपा एमालेका उम्मेदवार धनबहादुर घलले मतदाता भेटघाट कार्यक्रमलाई तिव्र बनाएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार घल नागरिकका समस्या, चाहना र आवश्यकताको पहिचानका लागि घरदैलो गरिरहेका छन् ।
मतदाता भेटघाट कार्यक्रम अन्तर्गत घले आज नीलकण्ठ नगरपालिका–१४ का टोल बस्तिमा पुगेका छन् । स्थानीयले राखेका विकास निर्माणका सवालमा सम्बोधन गर्दै उनले सडक सञ्जाल, कृषि क्षेत्रमा सिंचाई, कुलो तथा विउ विजन र मलको आपूर्ति लगायका समस्या समाधानमा पहल गर्ने बताएका छन् ।
विशेष गरि निति कानुन निर्माणको भूमिका रहने भएपनि नागरिकका समस्या सम्बोधन हुने खालका निति ल्याउन पहल गर्ने उम्मेदवार धनबहादुर घलेले बताए । ‘समस्या के छ भन्ने थाहा छ, तर आवश्यक निति नबन्दा समस्या रहेको हो । त्यस्तो समस्या तथा सवालको सम्बोधन गर्न निति निर्माण तहमै पहल गर्नेछु’ उनले भने ।
घलेले उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास, त्रिपुरासुन्दरी, ज्वालमुखी र नीलकण्ठ नगरपालिकाका विभिन्न वडा बस्तिहरुमा मतदाता भेटघाट कार्यक्रम गरिसकेका छन् ।