थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता

  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • ४२१ पटक पढिएको
थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता

काठमाडौं– थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

Advertisement

दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने–‘अपराध प्रकृति अनुसार अपहरण वा शरीर बन्धक कसुरमा मुद्दा चलाउनुपर्ने देखियो ।’ फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।

प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बच्चा चोरीमा असंलग्न देखिएपछि मनकुमारीका पति र दिदी भने रिहा भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट