काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले नेदरल्यान्ड्ससँग ५ विकेटको सानदार जित निकालेको हो ।
टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनाएको थियो । नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालको जितमा आरिफ शेखले अर्धशतकीय योगदान दिएका छन् ।
अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा रहेको नेपालले लिगमा लगातार दोस्रो जित निकालेको हो । १४ खेल खेलेको नेपालले चार जित निकाली १० अंक जोडेको छ । नेपाल सातौँ स्थानमै यथावत् रह्यो । तर, नेपालले रनरेट भने उकासेको छ । २१ खेल पूरा गरेको नेदरल्यान्ड्स २६ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २८ अंक छ ।
नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए । नेपालले यही शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सामाजिक सञ्जालमा समर्थकको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपाललाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान गरेको छ । आइसिसीले विभिन्न विधाको विजेता घोषणा गर्दा नेपालले एसिया क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको हो । एसिया क्षेत्रको अन्य देशलाई पछि पार्दै नेपालले यो अवार्ड हात पारेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप