काठमाडौं– गैरकानूनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘सोसल सफ्टवेयर डेलभपमेन्ट कम्पनी प्रालि’ दर्ता गरी गैरकानूनी रूपमा कल सेन्टर तथा ‘मिटू’ डेटिङ एप सञ्चालन गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ललितपुर महानगरपालिका–४ दमकल चोकमा रहेको एक घर भाडामा लिई कारोबार गर्दै आएको खुलेको छ । कम्पनीको शाखाका रूपमा काठमाडौं महानगरपालिका–१३ चागलमा एक घर भाडामा लिई नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्काम तथा क्रिप्टो कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप