|default
काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका–११ मा रहेको ज्यामरुङ दरबारमा रहेको घोडा बाध्ने तवेलामा आगलागी हुँदा जलेर नष्ट भएको छ । विद्युत सर्ट भई लागेको आगोले दरबारको बाँकी रहेको घोडा बाध्ने तवेला जलेर नष्ट भएको हो ।
ऐतिहासिक महत्व बोकेको ज्यामरूङ दरवार २०५९ साल असोजमा जनयुद्धका क्रममा माओवादीले आगजनी गरी जलाएका थिए । आगजनीमा दरबारभित्र रहेका गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामाग्री लगायतका सामानहरु सबै जलेर नष्ट भएका थिए ।
दरबारको भौतिक संरचनाको नाममा घोडा बाध्ने तवेला मात्र बाँकी थियो । तर त्यो पनि विद्युत सर्ट भई लागेको आगोले नष्ट हुन पुग्यो । करिव ६ सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार अहिले भग्नाशेषमा मात्रै सिमित बनेको छ । शाह वंशीय राजाहरूका पूजापाठ र सैन्य तालिमका गतिविधिको केन्द्रबिन्दकोु रूपमा लिइने यो दरबार पूर्णरूपमा नष्ट भएको छ ।
घोडा बाध्ने तवेलामा विद्युत सर्ट भएर आगलागी भएको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठले बताए । ‘आगोलागी भएको देखेपछि स्थानीय र सुरक्षाकर्मीहरुको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो । तर तवेलाको सम्पुर्ण भाग जलेर नष्ट भएको छ । पुराना केहि काठ भएपनि अन्य सामान भने तवेलाभित्र थिएन । तर अब दरबारको भौतिक संरचना केहि रहेन’ उनले भने ।
ज्यामरुङ दरबार झन्डै ६सय वर्ष पुरानो रहेको स्थानीयको दावी छ । यो दरबार विक्रम सम्वत १५०० तिर निर्माण गरिएको अनुमान गरिएको छ । त्यसबेला यो क्षेत्र चौबिसे राज्यहरूमध्ये ज्यामरुङ राज्य अन्तर्गत पथ्र्याे । यो दरबार राजा कान्तिपुरले स्थापना गरेको राज्यको केन्द्र थियो भन्ने किंवदन्ती पाइन्छ । पछि राजा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्नुअघि यही ज्यामरुङमा केही समय बिताएका थिए । त्यसैले, यो दरबार गोरखाको ऐतिहासिक उत्पत्तिसँग समेत सम्बन्धित रहेको बताइदै आएको छ ।
ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार पुर्ननिर्माणमा कसैले चासो दिएको छैन । जलेर खरानी बनेको दरबार पुरानै बनोट र संरचनामा निर्माण गरिनु पर्ने स्थानीयहरुले माग गर्दै आएका छन् । भौतिक संरचनाको नाममा रहेको घोडा बाध्ने तवेला पनि जलेर नष्ट भएपछि दरबारको नामनिशाना मेटिने चिन्ता रहेको उनीहरु बताउँछन् । ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबारको पुननिर्माण गरि ंसंरक्षण तथा संवद्र्धन गर्न सम्बन्धित निकायले अब कति पनि ढिला गर्न हुन्न ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप