धादिङमा वेवारिसे अवस्थामा स्कुटर फेला

धादिङमा वेवारिसे अवस्थामा स्कुटर फेला

धादिङ- धुनिवेशी नगरपालिका–५ स्थित धार्के–सितापाइला सडकखण्डको धोबिखोला नजिकैको खोल्सामा वेवारिसे अवस्थामा एक स्कुटर फेला परेको छ ।

Advertisement

प्रहरीका अनुसार सडक भन्दा करिव ८ मिटर तल खोल्सामा ME4JFC99GG8004035 च्यासिस नम्बर र 5TEA6G7B इन्जिन नम्बर रहेको स्कुटर फेला परेको हो । स्कुटरमा नम्बर प्लेट टुक्रिएको अवस्थामा छ । ७ प २ मात्रै बुझिएको छ ।

स्थानीय वडा अध्यक्ष विशाल भट्टराईले बेवारिसे अवस्थामा रहेको स्कुटर बारे प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय खानिखोलाबाट ट्राफिक प्रहरी निरीक्षक रामेश्वर उप्रेतीको कमाण्डमा पुगेको प्रहरी टोली र प्रहरी चौकी जिवनपुरसहितको घटनास्थल पुगेका टोलीले स्कुटरलाई खोलाबाट निकालेर इलाका प्रहरी कार्यालय खानिखोला लगिएको छ ।

स्कुटर सम्बन्धमा जानकारी हुने वा स्कुटरको मालिक स्वयंले इलाका प्रहरी कार्यालय खानिखोला (९८५१२८२९११) वा प्रहरी चौकी जिवनपुर (९८५१२१५८१४) मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट