काठमाडौं- १६१ औँ मोती जयन्ती एवम् प्रथम राष्ट्रिय गजल दिवस केन्टकीमा भव्यताकासाथ मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्टकी च्याप्टरको आयोजना तथा नेपाल गजल प्रतिष्ठान अमेरिका शाखाको सहकार्यमा दिवस भव्यताका साथ मनाइएको हो ।


दिवसको सम्बोधन गर्दै केन्टकी हाउस अफ रिप्रजेन्टेटिभ डिस्ट्रिक ३० बाट हालै मनोनित राज्यप्रतिनिधि मित्र सुवेदीले मोतीराम भट्टको चर्चा गर्दै कला साहित्यको माध्यमबाट विश्वलाई जोड्न सकिने बताए । गैरआवासीय नेपाली संघ, केन्टकी च्याप्टरका अध्यक्ष सेल्वा लामा एवम् इनास केन्टकीका अध्यक्ष सनातन रेग्मी, डाक्टर थोमस वास्तोला, कवि नारायण प्रसाद गौतम र हरिकृष्ण भेटवाल, बद्री दाहाल, गजलकार जीवन निरौला, रेखा जोशी लगायतले साहित्य विकास र परिवर्तनको एउटा बलियो आधार रहेको बताए । कार्यक्रमकै अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्टकी च्याप्टरद्वारा प्रकाशित साहित्यमाला पुस्तकको सामूहिक लोकार्पण गरिएको छ ।
संस्थाको स्रष्टा सम्मान शृङखला अन्तर्गत लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार गोविन्द फुयाललाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । संगीतकार गोविन्द फुयाल, डा. थोमस वास्तोला, डमरू पौडेल, अतुल पोखरेल, नारायण प्रसाद गौतम, बद्री दाहाल, अर्जुन थापा, भिष्म वस्नेत, आदित्य विष्ट, राधा थापा, जमुना खरेल पौडेल, कमला रेग्मी, खेम रेग्मी, केशव जोशी र शिव घिमिरे लगायत दर्जनौँ सर्जकहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बालकलाकारहरूको प्रस्तुतिका साथै अनुपम थापाको भजन गायन, रनोक कोइराला र आयन दाहालले मोतीराम भट्टको परिचय, अनिमा गुरागाईँ, अर्पण ढकाल र आकृति ढकालले पृथ्वीनारायण शाहको जीवनी प्रस्तुत गरिएको थियो । श्रृष्टि अधिकारी र इशारा पोखरेल टिमको सामूहिक नृत्य लगायत साँस्कृतिक कार्यक्रम रहेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
