कांग्रेसको मतदान आज, धादिङबाट १२ उम्मेदवार

कांग्रेसको मतदान आज, धादिङबाट १२ उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।
केन्द्रीय कार्यसमितिमा धादिङका १२ जनाले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री पदमा दिलमान पाख्रिन, रमेश धमला र बाबुकृष्ण सापकोटाले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य पदमा भीमप्रसाद ढुङ्गाना, राधाकृष्ण भण्डारी, उर्मिला थपलिया, रिता थापामगर, रमेश विश्वकर्मा, कृष्ण रिजाल, कविता इटनी, उर्मिला कँडेल र मधुकुमार श्रेष्ठ उम्मेदवारी छन् ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । गत सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ ।
महाधिवेशन प्रतिनिधिहरु ७ हजार ३१७ छन् । दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।
आज हुने मतदानमा एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ । निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरेको छ । राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गर्ने छन् ।

Advertisement

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट