काठमाडौं– त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।


कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा सोमबार राती निधन भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १ बजे अस्पताल घाइते चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो । यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
