काठमाडौं– वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको कतारको प्रहरीमा भर्ना गराउने भन्दै केही मेनपावर कम्पनीहरुले मोटो रकम असुल्न थालेका छन् । कतार प्रहरीमा नेपाली युवा भर्ना गर्ने कतार सरकारको निर्णय भए पनि विचौलियाहरुले मनलाग्दी रकम असुली रहेका छन् ।
कतार प्रहरीको आवेदन दिएका एक युवाले कतारको भिषा प्राप्त भएपछि ३० लाख मागेका बताए । प्रतिव्यक्ति ३० लाख रकमका दरले उठाउदै आएको भर्तीका लागि गएका युवाहरुले बताएका छन् । उनीहरुका अनुसार एउटा व्यक्तिसँग ३० लाखको दरले २०० युवासँग करिब ६० करोड (अन्दाजी ४.५ मिलियन युस डलर) उठाएका छन् । टि.जि.एस.ग्रुपअफ कम्पनी, केटिएम इन्टरनेशनल, अलतकित, शिखर इन्टरनेशन लगायतका मेनपावर कम्पनीले उठाएको उनीहरुको दावी छ ।
नेपाली युवाहरु जागिरको शिलशिलामा ठगिने क्रम दिनानुदिन बढी रहेको छ । तर सरकारले यस विषयमा चासो र ध्यान दिन नसक्दा विकराल अवस्था निम्त्याउने पीडितहरु बताउँछन् । नेपाल सरकार, कतारको गृह मन्त्रालय, कतारस्थित नेपाली दुतावास सबै मौन रहनुले कतार प्रहरीमा भर्ना उनीहरुको मिलेमतो हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
कतारको मिनिस्ट्री अफ इन्टेरिएर (कतारको गृह मन्त्रालय)को उच्च तहका कर्मचारीको संलग्नता र योजना विना कतार प्रहरीमा भर्ना सम्भव नभएको विशेष श्रोतको दावी छ । नेपाली युवाबाट अस्वाभाविक रकम असुलेको विषय कतारको मिनिष्टी«अफ इन्टेरिएरमा जानकारी गराउनु पर्नेमा कतारस्थित नेपाली दुतावास समेत मौन रहेको छ ।
नेपालस्थित कतारी दुतावासमा सम्पर्क गर्दा यो विषय आफ्नो निकाय भन्दा माथिल्लो विषय भएकाले अनविज्ञता प्रकट गरे । नेपाली युवाहरुबाट असुलिएको रकममध्ये केही रकम कतारको गृह मन्त्रालयका उच्च तहका अधिकारीसम्म पुर्याउनका लागि कतार स्थित हुण्डि व्यवसाय सञ्चालन गर्दै आएका नेपाली व्यवसायीहरुको समेत संलग्नता रहेको पीडित युवाहरुले दावी गर्दै आएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप