धादिङ– लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा १ सय १९ जनाले रक्तदान गरेका छन् ।
३४ जना महिला र ८५ जना पुरुष गरी जम्मा १ सय १९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले बताए ।
धादिङ अस्पताल परिसरमा संचालन भएको रक्तदान कार्यक्रमको नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्मा, धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटा, नेपाल रेडक्रस सोसाईटी धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले स्वयंसेवी रक्तदाताहरुलाई ब्लड ब्याग दिएर संयुक्त रुपमा रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आईका ब्लड डनेसन डिष्ट्रिक्ट चिफ लायन पंकज जलन, रिजन चियर पर्सन कृष्ण बहादुर पौडेल, क्लबका संस्थापक अध्यक्ष कविता ईटनी, जोन चियर पर्सन कृष्ण प्रसाद ढकालले आगामी दिनमा समाजिक कार्य गर्ने बताएका छन् ।
क्लबका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद ढकालको आज जन्म दिन समेत रहेकोमा जन्मदिनको केक काटेर रक्तदान तथा जन्मोत्सवको शुभकामना दिइएको छ । आजको वृहत रक्तदान कार्यक्रममा १ सय १९ स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेकोमा क्लबका अध्यक्ष विक्रम विश्वकर्माले विशेष धन्यवाद प्रकट गर्दै यही महिनाको असार ३१ गते गजुरी गाउँपालिका- ६ स्थित सिमान्तकृत चेपाङ समुदायको वस्तीमा निःशुल्क वृहत विषेशज्ञ स्वास्थ्य शिविर संचालन गर्ने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप