|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?
काठमाडौं– कैलाली कारागारमा झडप हुँदा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् ।
झडपमा परि मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी रहेका छन् । हिजो राती करिव ११ बजे झडप भएको हो । झडपमा परि घाइते भएकाहरुको उपचार भइरहेको छ।
कैदीबन्दीहरू दुई समूहमा बाँडिएर आपसमा भिडेका थिए।कैदीहरूका ‘ए’ ब्लक र ‘बी’ब्लकका समूहबिच झगडा भएको हुन सक्ने अनुमान गरिएको छ । यश कारागारमाकरिब साढे ६ सयभन्दा बढी कैदीबन्दी रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप